समाचारः-
पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषण कार्यक्रम
पालिका पूर्ण खोप समन्वय समिति रावा बेसी गाउँपालिका, खोटाङ द्वारा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति, खोटाङका प्रमुख श्री सन बहादुर राईको प्रमुख आथित्य तथा विशेष अतिथिमा रावा बेसी गाउँपालिका उपाध्यक्ष श्री कौशिला कुमारी गुरुङ, जिल्ला सम्मवय अधिकारी श्री नारायण प्रसाद भट्टराई, रावा बेसी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज रेग्मी ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख श्री जीवन चौलागाई त्यसैगरी अतिथिहरु वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य, विषयगत शाखाका कर्मचारी, स्वास्थ्य चौकी प्रमुख तथा अन्य कार्यरत कर्मचारी साथै वुद्विजिवीलगायतहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारको नीति अनुसार सबै बालबालिकाहरुलाई स्वस्थ बनाउन राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत निःशुल्क उपलब्ध हुने सबै खोपहरु १५ महिनाभित्रमा उपलब्ध गराइ राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिकाबाट निर्देशित सम्पूर्ण प्रक्रिया पुरा गरि सुनिश्चित गरिएकोले यस रावा बेसी गाउँपालिकालाई आज मिति २०८१/०२/२० गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।