समाचारः-
रावा बेसी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम !
रावा बेसी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन आज मिति २०८३/०१/३१ गते गाउँपालिका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठज्यू तथा गाउँपालिका उपाध्यक्ष श्री कौशिला कुमारी गुरुङज्यूको संयुक्त बाहुलीबाट एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन सम्पन्न भएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यू, पूर्व गाउँपालिका अध्यक्षज्यू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, वडा सदस्यज्यूहरु विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, समाजसेवी तथा बुद्धिजीवीहरू, कर्मचारीहरू, पत्रकार साथै स्थानीयवासीहरूको उल्लेखनीय एवं उत्साहजनक उपस्थिति रहेको थियो।
नवनिर्मित प्रशासकीय भवनले गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति गाउँपालिका परिवार हार्दिक आभार व्यक्त गर्दछ।



