समाचारः-
अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम/अभिमुखीकरण तथा सम्झौता कार्यक्रम - २०८०/१०/०५
रावा बेसी गाउँपालिका र करुणा फाउण्डेशन नेपाल बिच अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम संचालन गर्नका लागी आज दुई पक्ष बिच कार्यक्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रदेश सरकार सामाजिक मन्त्रालयले सुरु गरेको कार्यक्रममा त्रिपक्षीय लागत साझेदारी रहने गरि गाउँपालिकाको तर्फबाट रावा बेसी गाउँपालिकाका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठ र करुणा फाउन्डेसन नेपालका तर्फबाट व्यवस्थापक श्री सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो।